देश

नारायणकाजी श्रेष्ठ बने राष्ट्रियसभा सदस्य

पोखरा, माघ ९–नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । आज भएको मतदानमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मतभार पाए ।

श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् ।

Featured