देश

मोरङको रतुवामाईमा चीनिया राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ ९-मोरङको रतुवामाई नगरपालिकामा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । पुस्तकमा सिले राष्ट्रलाई कसरी आर्थिक समृद्धिमा पुर्याउन सकिन्छ भन्ने सोच र योजना विस्तृत रुपमा लेखिएको छ । रतुवामाई नगरपालिकाका विभिन्न सामुदायीयक विद्यालय र क्लबहरुमा जिनपिङवारेको उक्त पुस्तक वितरण गरिएको हो ।

नेकपा मोरङका सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज शिवनारायण राजवंशी र जिल्ला कमिटी सदस्य दुर्गा विष्टले जिनपिङवारे लेखिएको पुस्तकको चर्चा समेत गरेका थिए । सिले ल्याएको आर्थिक समृद्धि र विकासका योजनालाई कसरी नेपालमा लागू गर्दा देशको विकास गर्न सकिन्छ भन्ने धारणाका साथ पुस्तक वितरण गर्नुका साथै चर्चा गरिएको होे ।

सरकारले नेपालमा भएका पर्याप्त स्रोत साधन र जनशक्तिको प्रयोग गरेर सिको सिद्धान्त र अवधारणा लागू गर्न सके नेपाल पनि एउटा समृद्ध राष्ट्र बन्न सक्ने इष्ट नेपाल टेक्निकल कलेजले आयोजना गरेको कार्यक्रममा चर्चा गरिएको होे ।

कार्यक्रममा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, विद्यार्थी, शिक्षक, अभिभावकलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । त्यस्तै मोरङको सुन्दरहरैंचा–६ मा पनि जिनपिङले राष्ट्रमा गरेको अर्थिक समृद्धिका साथै उल्लेखनीय विकास र योगदानलाई समेटेर तयार पारिएको पुस्तक वितरण गरिएको छ । त्यसैगरी विराटनगर महानगरपालिकामा पनि आयोजना गरिएको कार्यक्रममा प्रदेश तथा प्रतिनिधिसभाका सदस्यहरु, स्थानिय तहका प्रमुख, उपप्रमुख लगायत केन्द्रीय नेता तथा कार्यकर्ताहरुरको समेत उपस्थिती रहेको थियो ।

Featured