देश

स्कुल बस दुर्घटना हुँदा सह–चालकको मृत्यु, ११ विद्यार्थी घाइते

विराटनगर, माघ ९–मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकमा बिहिबार विहान स्कुल बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । हुलाकी राजमार्गको विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत रामचोकमा विद्यार्थी बोकेको विराटनगर स्थित लर्डबुद्ध स्कुलको बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको हो ।

रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर तर्फ आउँदै गरेको मे १ ख १४९० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा विराटनगर–१५ का सह–चालक ३२ वर्षिय सानु साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । वस दुर्घटनामा ११ विद्यार्थी सामान्य घाइते भएका छन् । दुर्घटना पश्चात बसका चालक फरार रहेकाले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Featured