देश

अब उपत्यकाका सबै प्रहरी कार्यालयमा नागरिक सहजकर्ता कक्ष

काठमाडौं, माघ ८–प्रहरीले दिने सेवा सहज र सरल बनाउन उपत्यकाका प्रहरी कार्यालयहरूमा नागरिक सहजकर्ता कक्ष सञ्चालदनमा ल्याइएको छ । महागनरीय प्रहरी कार्यालय रानीपोखरीमातहतका सबै वृत्त र परिसरहरुमा कार्यालयको समयमा सहजकर्ताको ब्याच लगाई कार्यालयको गेटमा नागरिक सहजकर्ता कक्ष राखिएको हो । प्रहरीको आवश्यकता परेर आउने सेवाग्राहीहरूको सहजीकरणका लागि नागरिक सहजकर्ता सेवाको सुरूवात गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।

‘न्यायका लागि आउने जोकोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्छ,’ डीआईजी पोखरेलले भने, ‘त्यसकै लागि नागरिक सहजकर्ता कक्ष सुरु गरेका हौं ।’ नागरिक सहजकर्ताको सेवा बुधबारबाटै सुरु भएको छ ।

Featured