देश

बैतडीमा बृद्ध मृत भेटिए

बैतडी, माघ ८–बैतडीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । पाटन नगरपालिका ९ किचारका ६२ वर्षीय नरि लुहार मृत अवस्थामा फेला परेका हुन् । मंगलबार मध्यराति स्थानीय बजौटे सलमाणी सडकमा बृद्ध मृत फेला परेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

घटनाको थप अनुसन्धान प्रहरी गर्ने प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रहरीको टोली घटनास्थल पुगेपश्चात बृद्धको कसरी मृत्यु भयो भन्नेबारे खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Featured