विदेश सूचना/ प्रबिधि

फोनमा इन्टरनेट सुबिधा नभए पनि ‘वाट्सएप’ चलाउन सकिने

नयाँ दिल्ली, एजेन्सी, साउन १३-‘वाट्सएप’ एप्लिकेशसनले एक यस्तो फिचरको परीक्षण गरिरहेको छ जुन प्रयोगकर्ताका लागि निकै फाइदाजनक हुनसक्छ।

हालसम्म कम्प्युटरमा वाट्सएप चलाउनका लागि वाट्सएप मोबाइलमा पनि हुन जरुरी छ। मोबाइलमा अनलाईन भएमात्र कम्प्युटरमा वाट्सएप चल्छ।

मोबाइलमा इन्टरनेट भए मोबाइलको वाट्एप अन हुन्छ। त्यसपछि त्यो कम्प्युटरमा कनेक्ट गरेर कम्प्युटरमा वाट्सएप चलाउन सकिन्छ।

हाल परीक्षणमा रहेको फिचरबाट भने मोबाइलमा इन्टरनेट नभए पनि कम्प्युटरमा वाट्सएप चलाउन सकिने जनाइएको छ। मोबाइल अफ हुँदासमेत कम्प्युटरमा वाट्सएप चलाउन सकिने छ।

Featured