देश

सांसदको दबाबमा कार्यविधि संशोधन

सुर्खेत, माघ ८–कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ को कार्यविधि संशोधन भएको छ । कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७६, २०७६ मंसिर २४ गते मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो । कर्णाली प्रदेश सरकारको २०७६र०७७ को नीति तथा कार्यक्रमको ३३ बुदाँमा पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको कर्णाली प्रदेशका जिल्ला र निर्वाचन क्षेत्रहरूमा सन्तुलित विकासको मान्यता अनुसार सडकलगायतका पूर्वाधार क्षेत्रको विकासका लागि ‘पूर्वाधार विषेश कार्यक्रम’ सञ्चालन गर्नका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले पारित गरेर कर्णाली प्रदेशको राजपत्रमा प्रकाशित भएको । पारित भएको कार्यविधि सांसदको दबाबमा संशोधन भएको हो । कार्यविधिका विषयमा केही सांसदहरूले असहमति राख्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दबाब दिएपछि कार्यविधि संशोधन भएको हो ।

Featured