विदेश

ह्यारी मात्र होइनन्, अन्य शाही परिवारका सदस्यले पनि त्यागेका थिए राजपरिवार

काठमाडौं, माघ ७–पछिल्लो समय राजपरिवारको सदस्यता त्यागेपछि ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगनको चर्चा विश्वभर भएको छ । सबैले उनीहरूलाई उदाहरणका रुपमा लिन थालेका छन् । मानिसहरू सत्ताका लागि मरिहत्ते गरिरहँदा ह्यारी दम्पत्तिको यो कदमले विश्वलाई पुनः एकपटक सत्ता र शक्ति नै सबै होइन् भन्ने पाठ सिकाएको छ ।

महारानीबाट शाही परिवारबाट अलग हुने अनुमति मिलेपछि अब ह्यारी दम्पत्तिले हिज र रोयलको उपाधिको प्रयोग गर्ने छैनन् । यस्तै उनीहरुलाई कुनै प्रकारको सार्वजनिक मान मर्यादा पनि मिल्ने छैन । ह्यारीको यो फैसलाले दुनियाँ चकित बनाएको थियो । यद्दपी राजपरिवारको सदस्यता त्याग्दै सेवा सुविधाबाट अलग हुने ह्यारी दम्पत्ति मात्रै पहिलो होइनन् । आफ्नो स्वतन्त्र जीवन जीउन यसअघि धेरैले राजदरबार त्यागेका छन् ।

Featured