देश

कैलालीमा क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा

धनगढी, माघ ६–कैलालीमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र सञ्चालनमा आएको छ । बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

गोदावरी नगरपालिका– ६, श्रीपुरमा सञ्चालनमा ल्याइएको सो केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने मानव संशाधन विकास प्रतिष्ठानकोे भौतिक पूर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्था र स्वास्थ्य निर्देशनालय र स्थानीय संघसस्थाको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार गरिनेछ । प्रदेशस्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका बिरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।

Featured