देश

सालनालसहितको शिशु मृत फेला

झापा, माघ ६–झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा आज बिहान सालनालसहितको शिशु मृत अवस्थामा फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ ।

शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए । उनले स्थानीयको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस

Featured