देश

रहेनन् धरानका पूर्वमेयर ध्यानबहादुर राई

काठमाडौं, माघ ६–तत्कालीन धरान नगरपालिकाका मेयर ध्यानबहादुर राईको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका राईको सोमबार निधन भएको छ । तत्कालीन नेकपा एमालेबाट २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका राई पछिल्लो समयमा समाजवादी पार्टीमा आबद्ध थिए ।

उनी समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत हुन् । ६० वर्षीय राईको सोमबार उपचारकै क्रममा निधन भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो उपचारपछि उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो ।

केही दिनदेखि उनी सिकिस्त विरामी थिए । नयाँ दिल्ली स्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराई रहका उनको अवस्था जटिन बलेपछि पुस २१ गतेदेखि आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनको फोक्सोमा पानी जमेका कारण श्वास प्रश्वासमा समस्या आएको थियो ।

Featured