सिरहा, साउन १३-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा मालपोत कार्यालयका दुई कर्मचारीलाई ५ हजार घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयका नायब सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरी रहेको छ। उनीहरुलाई बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको अख्तियार टोलीले पक्राउ गरेको हो।
उनीहरु माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस