देश

वडाध्यक्ष बोहराको निधन

डडेल्धरा, माघ ६–बैतडीको डिलासैनी गाउँपालिका–४ का वडा अध्यक्ष परमल सिंह बोहराको निधन भएको छ । विगत २ वर्षदेखि फोक्सोको क्यान्सरका बिरामी रहेका वडा अध्यक्ष बोहराको सोमबार निधन भएको हो ।

फोक्सोको क्यान्सरको उपचार गराइरहेका बोहराको ६२ वर्षको उमेरमा निधन भएको वडा सदस्य हरिदत्त पन्तले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा बोहरा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वा्चित भएका थिए ।

Featured