खेलकुद विदेश

उपाधि यात्रामा लिभरपुल झन बलियो, युनाइटेड पराजित

एजेन्सी, माघ ६–लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने लगभग निश्चित भएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई २–० ले हराउँदै उपाधि यात्रा सहज बनाएको हो । जारी सिजनमा अपराजित रहेको लिभरपुललाई जिताउन भान डिजिक र मोहम्मद सलाहाले एकरएक गोल गरे । यो जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी १६ बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले दुवै हाफमा एक एक गोल गरेको थियो । उसका लागि १४ औं मिनेटमा भान डाइकले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मोहम्मद सालाहले गोल गरेपछि लिभरपुल २–० विजयी भयो । जितपछि उसको २२ खेलबाट ६४ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक छ । लिभरपुलसँग पराजित भएको म्यानचेस्टर युनाइटेड भने २३ खेलबाट ३४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै लेस्टर सिटीले भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । गएराति भएको खेलमा लेस्टर सिटी बर्नलीसँग २–१ ले पराजित भयो । अवे मैदानमा भएको खेलमा लेस्टर सिटी बर्नलीसँग २–१ ले पराजित भएको हो । खेलको ३३ औं मिनेटमा बार्नेसको गोलबाट लिएको अग्रता लेस्टर सिटीले जोगाउन सकेन । बर्नलीका लागि ५६ औं मिनेटमा क्रिस वुड तथा ७९ औं मिनेटमा वेष्टवुडले गोल गरेका हुन् । तेस्रो स्थानको लेस्टरको २३ खेलबाट ४५ अंक छ । २७ अंक जोडेको बर्नली १४ औं स्थानमा छ ।

Featured