देश

वायुसेवा निगमका अध्यक्ष खरेलको राजीनामा

काठमाडौं, माघ ६–नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले राजीनामा दिएका हुन् । नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म किन राजीनामा दिए भन्ने जानकारी भने आएको छैन ।

प्रवक्ता चन्द भन्छन्, ‘उहाँ राजीनामापश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।’ मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो । अन्नपूर्ण पोष्टबाट

Featured