देश

भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सव आयोजना गरिने

डडेल्धुरा, माघ ५–नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगित व्यापार मेला एवं चौथो पटक डडेल्धुरा महोत्सव हुने भएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल स् कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यही फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको हो ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा भ्रमण वर्षलाई सफल पार्नुका साथै ऐतिहासिक पुरातात्त्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो । उद्योग वाणिज्य संघ डडेल्धुराले पत्रकार सम्मेलनमामार्फत महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

Featured