देश

अनुदानमा गाउँपालिकाद्वारा सोलार वितरण

सुर्खेत, माघ ५–सुर्खेतको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ ।गाउँपालिकाको अनुदानमा ४ हजार ७ सय ९५ घरधुरीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आंशिक अनुदानमा सोलार वितरण गरेको हो । ५० देखि ५५ वाटका सोलारहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा स्वयम् व्यक्तिको ४ हजार र गाउँपालिकाको ११ हजार अनुदानमा सोलार वितरण गरिएको छ ।

गाउँपालिकामा विद्युतीकरण नभएपछि गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा झण्डै २ हजार ७ सय ४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।

Featured