देश

जग्गा विवादको झगडामा महिनावारी छुवाछुतको आरोप

धनगढी, माघ ५–महिनावारी भएका बेला घरको बाटो हिँडेको भन्दै आफूहरूमाथि कुटपिट भएको भन्दै दुई महिलाले स्थानीय प्रहरी चौकीमा उजुरी दिए । आरोपित बेलडाँडी गाउँपालिकाका दलबहादुर शाह पक्राउ परेका छन् । स्थानीय ३१ वर्षीया ईश्वरी खड्का र २४ वर्षीया गीता खड्काले महिनावारी भएका बेला आफ्नो जग्गाबाट हिँडेको भन्दै कुटपिट गरेको आरोप लगाएका छन् ।

घाइते खड्का दिदीबहिनीको धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूले महिनावारी भएका बेला घरको बाटो किन हिँडेको भन्दै शाह दम्पतीले कुटपिट गरेको दाबी गरेका छन् । घटनाको विषयमा जानकारी लिन नोभा अस्पतालमा पुग्दा ईश्वरी खड्काले भनिन्, ‘शाह दम्पतीले निर्घात कुटपिट गरे, अचेत अवस्थामा अस्पताल पुगें ।

शाहको घरको बाटो हुँदै काममा गइरहेका थियौं । त्यत्तिकैमा दलबहादुरकी पत्नी निरुताले हामीलाई गाली गर्न थालिन्, महिनावारी भएको बेला मेरो घरको बाटो किन हिँडिस् भनेर उसले देवरानी गीता खड्कालाई गाली गरिन् । त्यसपछि गीता र निरुताबीच केही समय विवाद भएको उनले बताइन् ।

Featured