देश

डोटीमा एक सातामा ८८ वटा छाउगोठ भत्काइए

डडेल्धुरा, माघ ५–डोटीमा पुस २६ गते देखि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले तीव्रता पाएको छ । शनिबारसम्ममा जिल्लामा ८८ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बडीकेदार गाउँपालिकाको–३, सिन्दुरेपानीबाट सुरु भएको अभियानले सोही गाउँपालिकाका विभिन्न वडामा रहेका ७१ वटा गोठ भत्काइएका छन् । त्यसैगरी जिल्लाका अन्य स्थानीय तह जोरायल गाउँपालिकामा तीनवटा र पुर्विचौकी गाउँपालिकामा १४ वटा छाउगोठ भत्काइएको जिल्ला डोटीका प्रहरी नायव उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

गृह मन्त्रालयले ९ मा प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएसँगै गोठ भत्काउन प्रहरी टोली पनि परिचालन गरिएको थियो । डोटीमा जति गोठ भत्काइए ती सबै प्रहरी प्रशासनले जबर्जस्ती रूपमा नभई स्थानीय सरकारसँग समन्वय गरी स्थानीयवासीको सहभागिता, सहयोग र रोहबरमा भत्काइएको प्रहरी नायव उपरीक्षक देउवाले बताए ।

Featured