देश

अजरबैजान भन्दै कुवेत पुर्याइन्छन् नेपाली महिला श्रमिक

काठमाडौं, माघ ५–पछिल्लो समय नेपाली महिला श्रमिक घरेलु कामका लागि कुवेत तस्करी हुने क्रम बढ्दो छ । अन्य देशको श्रम स्वीकृति निकालेर घरेलु महिला श्रमिक कुवेतका विभिन्न शहरमा घरेलु कामका लागि पुर्याउने गरिएको छ । तस्करले नेपालबाट व्यक्तिगत श्रम स्वीकृति निकालेर खाडीका देशमा घरेलु काममा नेपाली महिला लैजाने गरेको नयाँ तथ्य खुलेको छ ।

सरकारले २०७२ सालदेखि मलेसिया र खाडीका देशहरूमा वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएको थियो । अफ्रिकी देश अजरबैजानको व्यक्तिगत भिसा निकालेर कुवेतमा घरेलु कामका लागि नेपाली महिला तस्करी भइरहेको नयाँ रहस्य खुलेको हो । अन्य देशको रोजगारीमा पठाउने भनेर व्यक्तिगत भिसामा नेपाली महिलालाई कुवेतमा घरेलु कामका लागि तस्करले पुर्याइरहेका छन् ।

Featured