देश

एमसीसी संसदबाट पारित हुन्छ :मन्त्री गुरुङ

डडेल्धुरा, माघ ५–संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्था अनुगमनका लागि सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले आइतबार डोटीमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘यो विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ । मलाई लाग्छ संसदले सहजै अनुमोदन गर्छ,’उनले भने, ‘एमसीसीका बिषयमा बहस हुनु राम्रो भएको तर अनावश्यक विवाद गर्नु उचित छैन् ।’ नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘एमसीसी नेपालको हितमा भएकाले यसको विरोध गर्नु गलत हो । अरुले किन विरोध गरिरहनु भएको छ मलाई थाहा छैन् । विरोधीहरुलाई नै सोध्नुहोस् ?

Featured