देश राजनीति

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनलाई समाजवादीको साथ

काठमाडौं, माघ ५–बिहीबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), संघीय समाजवादी र राष्टिय जनता पार्टीबीच एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ । आइतबार बसेको तीन पार्टीका शीर्ष नेताबीच बसेको बैठकले एकअर्काका उम्मेदवारलाई मतदान गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेकपाको तर्फबाट महासचिव विष्णु पौडेल, कार्यालय सचिव श्रीराम पौडेल, राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो तथा संघीय समाजवादीका तर्फबाट अध्यक्ष रिजवान अन्सारी र अनन्त राईबीचको बैठकले निर्वाचनमा मतदानमा सघाउने सहमति भएको हो । सहमतिपत्रमा नेकपा महासचिव विष्णु पौडेल, राजपाका संसदीय दलका नेता महन्थ ठाकुर र संघीय समाजवादीका अध्यक्ष रिजवान अन्सारीले हस्ताक्षर गरेका छन् ।

Featured