देश राजनीति

एमसीसीको विरोध नगरौ : देउवा

दाङ, माघ ५–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्न नहुने बताएका छन् । एमसीसी नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै देउवाले कांग्रेस यसको समर्थनमा रहेको बताए । प्रेस युनियनले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले यस्तो बताएका हुन् ।

‘कांग्रेस एमसीसीको पूर्ण समर्थन गर्छ, किनकि यो नेपालको हितमा छ,’ देउवाले भने, ‘विभिन्न कुरा आएका छन्, कुनै षड्यन्त्र, कुनै सैन्य अंग तर यस्तो केही पनि होइन । सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भए पनि कांग्रेसले यसको विरोध नगर्ने देउवाको भनाइ छ । एमसीसी कार्यान्वयन गर्न सकिए नेपालले भारतलाई बिजुली बेच्न सक्ने देउवाको दाबी छ । ‘नेपालको ऊर्जा र सडक सञ्जालको विकासका लागि आएको सहयोग फिर्ता गर्न हुँदैन,’ उनले भने ।

Featured