देश

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा

म्याग्दी, माघ ५–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालनमा आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो ।

सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा सुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिए । अनिच्छित रूपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानुनी प्रावधानका बारेमा जानकारी गराइन् ।

Featured