देश

पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने्विरुद्ध मुद्दा

संखुवासभा, माघ ५–संखुवासभामा पेट्रोलियम पदार्थमा कालो बजारी गर्न एक जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पेट्रोलियम डिलर्सले पेट्रोलपम्पमा तोकेभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा खाँदबारी–९ का यसोधा आयलका निगमका सञ्चालक उत्तम कटुवाल परेका छन् । सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले कालोबजारीको मुद्दा चलाएको छ ।

सञ्चालक कटुवालले पेट्रोलियम डिलर्सले पेट्रोलपम्पमा तोकेको भन्दा बढी मूल्यमा बिक्रि गरेको आरोप छ । सञ्चालक कटुवालले पुस १७ मा डिलर्स एसोसिएसन विराटनगरले उपलव्ध गराएकोभन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप छ । यसोधा आयलका निगमले डिलर्स एसोसियसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिने गरेका थियो ।

Featured