देश

रेडपाण्डाको छालासहित तीन जना पक्राउ

काठमाडौं, माघ ५–वन्यजन्तु रेडपाण्डाको छालासहित ललितपुर प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ललितपुरको ग्वार्को चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेमराज विक, तिलक बस्नेत र राजेन्द्र चन्दारा रहेका छन् । उनीहरू तीनै जना जाजरकोटका रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूको साथबाट एक थान रेडपाण्डाको छाला बरामद भएको पुल्चोक प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दले बताइन् । गत २८ पुसमा पनि पुल्चोक प्रहरीले एक थान चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको थियो ।

Featured