देश

डडेल्धुरामा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

डडेल्धुरा, माघ ५–डडेल्धुरा सदरमुकाममा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–५ का अन्दाजी २३ वर्षीय महेश भट्ट रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुकी ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि गालीगलौज र हातपात गरेको भन्दै प्रहरीले भट्टलाई पक्राउ गरेको हो ।

उनले मादक पदार्थ सेवन गरी जिल्ला सदरमुकामको बागबजारमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्यौपानेका अनुसार पक्राउ परेका भट्टमाथि सार्वजनिक शान्तिविरुद्धको कसुुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Featured