खेलकुद विदेश

सिटी र टोटनह्याम बराबरीमा रोकिए, चेल्सी पराजित

एजेन्सी, माघ ५–इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्यामले बराबरीमा चित्त बुझाउँदा चेल्सी पराजित भएको छ । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी नवौं स्थानको क्रिष्टल प्यालेससँग् २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि सर्जियो अग्युरोले ८२ र ८७ औं मिनेटमा गोल गर्दै सिटीलाई हारबाट जोगाए । क्रिष्टल प्यालेसका लागि ३९ औं मिनेटमा जेन्क टोसनले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ९० औं मिनेटमा सिटीका फेर्ना्न्डिन्होले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो । बराबरीपछि दोस्रो स्थानको सिटीको २३ खेलबाट ४८ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । यस्तै शनिबार राति नै भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम वाट्फोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वाटफोर्डको मैदानमा भएको खेलमा टोटनह्याम बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । बराबरीपछि आठौं स्थानको टोटनह्यामको २३ खेलबाट ३१ अंक भएको छ ।

शनिबार राति नै भएका अरु खेलमा न्युक्यालसले चेल्सीलाई १–० ले पराजित गरेको छ । पराजयपछि पनि २३ खेलबाट ३९ अंकसहित चौथो स्थानमा रहेको छ । गएराति नै भएको खेलमा वुल्भ्सले साउथह्याम्पटनलाई ३–२ तथा नर्विचले बोर्नमाउथलाई १–० ले पराजित गरेको छ । यस्तै वेष्ट ह्याम र एभर्टन, ब्राइटन र एस्टन भिल्ला तथा आर्सनल र शेफिल्ड युनाइटेडले समान १–१ को बराबरी खेलेका छन् ।

Featured