सूचना/ प्रबिधि

गुगल क्रोम अपग्रेड हुँदै

काठमाडौं, एजेन्सी, साउन १३-गुगलले आफ्नो क्रोम ब्राउजरलाई नयाँ क्रोम ७६ मा अपग्रेड गर्ने भएको छ। गुगलले यो अपडेटलाई ३० जुलाईमा रिलिज गर्नेछ। गुगलले यो अपडेटसहित क्रोम प्रयोगकर्ताको गोपनियतालाई पहिलेको भन्दा बलियो बनाइने जानकारी दिएको छ।
केही दिन अघि इन्कग्निटो मोडमा पनि प्रयोगकर्ताको क्रियाकलापलाई वेबसाइटमार्फत् ट्र्याक गरिँदै छ भन्ने जानकारी प्राप्त भएको थियो। यसबारे गम्भीर हुँदै गुगलले क्रोम ७६ लिएर आएको हो। नयाँ ब्राउजरमा कस्ता विशेषता छन्:

पहिले नै डिसेबल हुनेछ फ्ल्याशः
गुगल क्रोमले अब सबै साइट्सका लागि एडोब फ्ल्याशलाई बाइ डिफल्ट डिसेबल राख्नेछ। प्रयोगकर्ताले यसलाई इनेबल गर्न सक्छन् तर फ्ल्याशको प्रयोग उनीहरुले क्लिक–टू–प्ले मोडमा मात्र गर्न सक्नेछन्। यसका साथै क्रोम प्रयोगकर्तालाई एक वार्निङ नोटिफिकेशन पनि पठाइनेछ जसमा सन् २०२० पछि क्रोमले फ्ल्याश प्लेयरलाई सपोर्ट नगर्ने बताइएको छ।

इन्कग्निटो मोडलाई ट्र्याक गर्न नसकिनेः
केही वेबसाइटले फाइल सिस्टम एपीआई रिक्वेस्ट पठाएर प्रयोगकर्ताको इन्कग्निटो मोडलाई डिटेक्ट गर्ने गर्दथ्यो। केही वेबसाइट यो ट्रिकको मद्दतले इन्कग्निटो मोडमा बस्ने प्रयोगकर्तालाई ब्लक गर्ने गर्दथ्यो किनभने यसमार्फत् वेबमा पेवाल बाइपास गर्न सजिलो हुन्छ। नयाँ अपडेटमा गुगलले यो कमजोरीलाई हटाएको छ।

अटोमेटिक डार्क मोडः
क्रोम ७६ आएपछि वेबासाइटमा प्रयोगकर्ताले आफ्नो अपरेटिङ सिस्टममा डार्क मोडलाई सेलेक्ट गरेको छ छैन भनेर थाहा पाउन सकिन्छ। यदि प्रयोगकर्ताले डार्क मोड अन गरेको छ भने साइट्सले स्वतः प्रयोगकर्तालाई डार्क थिममा कन्टेन्ट देखाउनेछ।

एस्केप कीलाई हाइज्याक गर्न सक्नेछैनः
साधारणतया कुनै साइट भिजिट गर्दा एस्केप कीको आवश्यकता पर्दैन । यदि गल्तीले कुनै प्रयोगकर्ता मलिशस वेबसाइटमा पुग्छ भने त्योबाट बाहिर आउनका लागि एस्केप कीको आवश्यकता पर्छ। यो मलिशस साइट एस्केप कीलाई डिसेबल गरेर एकपछि अर्को पप–नोटिफिकेशनले प्रयोगकर्तालाई तनावमा पार्ने गर्छ। यस्तोमा एस्केपको मद्दतले प्रयोगकर्ताले साइटलाई लोड हुनबाट रोक्छ। क्रोम ७६ मा यसलाई फिक्स गरिएको छ र प्रयोगकर्तालाई अब यस्तो साइट्सबाट समस्या हुँदैन।

क्रोम ओएसमा निकै सजिलै क्लियर हुनेछ नोटिफिकेशनः

धेरैजसो प्रयोगकर्ता क्रोम ओएसमा नोटिफिकेशनलाई क्लियर गर्न रुचाउँदैनन्। यस्तो यसकारण किनभने गुगलले यसलाई क्लियर गर्ने अप्सन ‘क्लियर अल’ बटन लिस्टमा एकदमै तल उपलब्ध गराउँछ।

प्रयोगकर्तालाई तलसम्म स्क्रोल गर्न मन पर्दैन त्यसकारण उनीहरु यसलाई क्लियर गर्दैनन्। यद्यपि, अब यो परिवर्तन हुने भएको छ। नयाँ अपडेटमा प्रयोगकर्ताले क्लियर अल बटन माथि नै उपलब्ध हुनेछ।