देश राजनीति

सत्य निरुपण र वेपत्ता आयोग पदाधिकारी नियुक्तिमा सहमति

काठमाडौं, माघ ४–प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवावीच सत्य निरुपण र वेपत्ता छानविन आयोगको कानुन संसोधन र पदाधिकारी नियुक्तिमा सैद्धान्तिक सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा दुइ नेताहरुवीच आयोगको कानुन निर्माण र आयोगका पदाधिकारी नियुक्तिका विषयमा सहमति जुटेको हो ।

सवै प्रदेशवाट प्रप्त सुझाव अनुसार तत्काल ऐन संशोधन गर्ने र रिक्र पदाधिकारी नियुक्ति गर्ने बिषयमा सैद्धानितक सहमति जुटेपनि नाम का बिषयमा भने छलफल टुंगिएको छैन । द्वन्द्वकालीन मुद्दाहरुलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्रीको आह्वानमा बसेको दुई दलको बैठक निर्णयमा पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । नेताहरुवीच सिफारिस समितिले शिफारिस गरेका नामलाई नै अनुमोदन गरेर जान दुवै नेता सहमत भएपनि टुंगोमा भने पुगिनसकेको बताइएको छ । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु डा. मीनेन्द्र रिजाल, रमेश लेखक र खिमलाल देवकोटा पनि सहभागी थिए ।

Featured