देश

संसद् बन्धक बनाउने ८६ करोड

जनकपुर, माघ ४–गत भदौदेखि प्रदेश २ को प्रदेशसभामा सांसहरूले हंगामा गर्दै आएका छन् । हरेक पटक सभा बसेकै दिन सांसदहरूले सरकारले काम नगरेको भन्दै प्रदेशसभा अवरुद्ध पार्दै आएका छन् । उपभोक्ता समितिको ८६ करोड रुपैयाँ सरकारले भुक्तानी नदिएको भन्दै प्रदेशसभामा सांसदले सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

त्यही ८६ करोड रुपैयाँकै कारण गत बिहीबार जनकपुरबाट चारजना उपभोक्ता समितिका पदाधिकारीसहित केही दलका नेता पक्राउ परे । काम सकेको लामो समयसम्म पनि भक्तानी नपाएपछि प्रदेश सरकारका मन्त्रीहरूको तस्बीर सार्वजनिक स्थानमा टाँसेर उनीहरूले जुत्ता तथा हिलो छ्यापेका थिए । सार्वजनिक स्थानमा मन्त्रीहरूको मानमर्दन गरेको भन्दै विरोधमा उत्रिएकालाई नियन्त्रणमा लियो ।

त्यसमध्ये एक जना राष्ट्रिय जनता पार्टीसम्बद्ध युवा संगठनका नेता पनि थिए । गत भदौंदेखि प्रदेशसभामा विभिन्न पार्टीका सांसद्ले आफू निकट कार्यकर्ताले गरेको कामको भुक्तानी नदिएको भन्दै बखेडा झिकिरहेका छन् । भदौदेखि जारी संसद्को गतिरोध अझैं अन्त्य हुन सकेको छैन । असार मशान्त सकिँदै गर्दा बजेट सिध्याउन दल निटका कार्यकर्तालाई उपभोक्ता समिति गठन गर्न लगाई करोडौं रुपैयाँको काम दिइएको थियो ।

Featured