देश

आर्बामा चितुवा मृत फेला

पोखरा, माघ ४–पोखराको आर्बामा मृत चितुवा फेला परेको छ । शनिबार बिहान पोखरा–१३ आर्वा स्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा भाले चितुवा मृत फेला परेको हो । बिहान करिब ८ बजेतिर स्थानीयले चितुवा मृत अवस्थामा देखेपछी वन कार्यालयलाई खबर गरेका थिए । जिल्ला वन अधिकृत चुडामणि बरालले दुईवटा चितुवा आपसमा लडेर एउटा मरेको हुनसक्ने बताए ।

‘चितुवाको शरीरमा कुनै ठूलो बाहिरी चोट देखिँदैन । चिथोरिएको केही दागहरू मात्र छन्’ उनले भने। ‘अरूले मारेको भन्दा पनि दुइ चितुवा आपसमा लड्दा घाइते भएर मरेको हुनसक्छ ।’

Featured