देश

बाढीले रिडी मेलामा राखिएको स्टल बगायो

बुटवल, माघ ३–पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा चलेको माघी महोत्सवलाई निरन्तरको वर्षाले बिथोलेको छ । बिहीबार राति रिडीखोला बढेपछि मेलाका लागि बनाइएको अस्थायी पुल फड्केसमेत बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाढीले रिडी खोलाको किनारमा रहेका दुईवटा स्टलसहित सामान पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

निरन्तरको वर्षा नरोकिएकाले सम्भावित बाढी आउन सक्ने भन्दै खोलानजिक रहेका स्टलहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको तानसेन नगरपालिका–१४ का वडा अध्यक्ष कमल रानाले जानकारी दिए । व्यापार व्यवसायका लागि रिडीमा पुगेका व्यवसायी रिडी खोलामा आएको बाढीले प्रभावित बनेका छन् ।

Featured