देश

सुदूरपश्चिममा फेरि हिमपात

बझाङ, माघ ३–गतसाता भएको भारी हिमपातले सेताम्य बनेका बझाङका उच्च भू–भागमा फेरि हिमपात सुरु भएको छ । हिउँ पर्न थालेपछि जिल्लाका उच्च भेगका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको दहबगर, सुर्मा, दौलीचौर क्षेत्र, साइपाल क्षेत्र लगायतका अधिकांश गाउँमा अझै पनि हिउँ नपग्लिदा जनजीवन कष्टकर बनेको हो । ‘काम केही गर्न सकिँदैन, चिसो छ,’ छविसपाथिभेरा गाउँपालिका–७ का बुडखोरीका कर्ण धामीले भने, ‘हिउँले धेरै अप्ठ्यारो भयो ।’

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा अझैं एकसातासम्म वर्षात् हुने सम्भावना छ ।

Featured