देश

एकै परिवारका चार जनाद्धारा त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास

धादिङ, माघ ३–बिहीबार साँझ एकै परिवारका चार जनाले त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । दुई महिने शिशुसहित सामूहिक हाम फालेका मध्ये एक जनालाई भने स्थानीयले जिवितै उद्धार गरेका छन् । काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरू साथैमा लिएर बिहीबार साँझ त्रिशूलीमा हाम फालेको स्थानीयले बताएका छन् ।

बिहीबार साँझ ७ बजेतिर धादिङको रोराङ गाउँपालिका–३, स्थित बादरे मोड छेउबाट दुई महिने शिशुसहित चार जनाले हाम फालेका हुन् । दुईछोरा बेपत्ता छन् । श्रीमतिको भने मृत्यु भएको छ । प्रहरीका अनुसार जमुनाको मृत्यु भएको छ । श्रीमान विनयलाई भने स्थानीयले जिवितै उद्धार गरेका थिए । दुई छोरा बेपत्ता छन् । प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव बढ्नुका साथै धमिलो भएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।

चारै जनाले नदीमा हाम फालेर सामूहिक आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याले धादिङले जनाएको छ । त्रिशूलीमा हाम फाल्दै गरेको देखेपछि स्थानीय तत्काल उद्धारका लागि जुटेका थिए । तत्कालै विनयको उद्धार भए पनि जमुनामा भने केही तलसम्म पुगेकाले मृत अवस्थामा फेला पारेका थिए ।

Featured