काठमाडौं, साउन १३- चलचित्र पासवर्ड’ ले आफ्नो आधिकारिक दुई पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारसहित बलिउड हट तथा सेक्सी अभिनेत्री सन्नी लियोनीको फोटो पनि देख्न सकिन्छ।
‘पासवर्ड’ मा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम गीतमा जोडदार नृत्य गरेकी छन्। सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्रझा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ आदिको अभिनय छ।
यो चलचित्र सिनेमा हलहरुमा भदौ २७ गते रिलिज हुँदैछ।
प्रतिक्रिया दिनुहोस