विदेश शिक्षा

चीनमा निजी विद्यालयको संख्यामा बृद्धि

बेइजिङ, एजेन्सी, साउन ११- चीनमा निजी विद्यालयहरुको संख्यामा अहिले सम्म कै ठुलो बृद्धि भएको पाइएको छ।

सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन्।

देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ।

चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्याङ्क सन् २०१८ सम्मको मात्रै हो।

निजी विद्यालयहरुमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
सन् २०१७ को तुलनामा सन् २०१८ मा ५.०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरुले जानकारी दिएका छन्।

Featured