राजनीति विदेश

अमेरिकाको सर्वोच्च अदालतले अन्ततः ट्रम्पलाई सिमानामा पर्खाल बनाउन बाटो खुला गरिदियो

काठमाडौं, एजेन्सी, साउन ११-ट्रम्पले आपतकालिन अधिकार प्रयोग गरेर उक्त सैन्य कोष पर्खाल निर्माण परियोजनामा स्थानातरण गरेका थिए।

तर क्यालिफोर्नियाको एउटा अदालतले डोनाल्ड ट्रम्पको उक्त कदम अगाडि नबढाउने आदेश दिएको थियो।

सोही निर्णय सर्वोच्च अदालतमा पुग्दा, निर्णयको लागि सर्वोच्च अदालतका नौ जना न्यायाधिश मतदानमा उत्रिएका थिए।

मतदानमा पाँच न्यायाधिसले उक्त कोष प्रयोग गर्न पाउने पक्षमा उभिए भने अरु चार जना विपक्षमा उभिएका थिए।
मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने कुरा ट्रम्पको सन् २०१६ को राष्ट्रपति चुनावी प्रचारको प्रमुख वाचा थियो। तर डेमोक्रेटिक पार्टीका सदस्यहरुले भने त्यसको उग्र विरोधी रहदैं आएका छन्।

अब सर्वोच्च अदालतको निर्णयपछि साढे दूई अर्ब अमेरिकी डलरको प्रयोग गरेर क्यालिफोर्निया, एरिजोना र न्यु मेक्सिको राज्यको भागमा रहेको मेक्सिकोको सिमाना जोडिएको सिमाना लगाइने छ।

यस अघि क्यालिफोर्नियाको अदालतले अमेरिकी कंग्रेसले अनुमती नदिएकाले पेन्टागनको कोष प्रयोग गर्न नपाउने निर्णय सुनाएको थियो।

सर्वोच्च अदालतको निर्णयपछि ट्वीट गर्दै डोनाल्ड ट्रम्पले फैसलालाई ‘ठूलो जीत’को संज्ञा दिएका छन्।
उता डेमोक्रेटिक नेताहरुले भने सर्वोच्च अदालतको निर्णयको निन्दा गरेका छन्।

डेमोक्रेटीक पार्टीबाट तल्लो सदनको सभामुख न्यान्सी पेलोसीले निर्णयप्रति असन्तुष्टि जनाउदैं भनेकी छिन् ,‘ डोनाल्ड ट्रम्पलाई अनावश्यक, अप्रभवकारी सिमाना पर्खालका लागि सैन्य कोष लुटने अनुमति दिने आज साँझको सर्वोच्च अदालतको फैसला अत्यन्त दोषपूर्ण छ। हाम्रो देशका संस्थापकले लोकतन्त्रलाई जनताको शासनको रुपमा निर्माण गरेका थिए, राजतन्त्रको रुपमा होइन।’

Featured