देश

शृङ्खलाले युरोपको सबैभन्दा ठूलो हिमाल मोन्ट ब्लाङमा नेपाली झन्डा फहराइन

काठमाडौं, साउन १०-नेपाल र फ्रान्सबीचको मैत्री सम्बन्धको अवसर पारेर पूर्व मिस नेपाल शृङ्खला खतिवडा यतिबेला फ्रान्स भ्रमणमा रहेकी छिन्।

शृङ्खलाले उक्त भ्रमणको मौकामा पश्चिम युरोपको सबैभन्दा ठूलो हिमाल मोन्ट ब्लाङको सफल आरोहण गरेकी छिन्। उनले हिमाल चढेर नेपालको झण्डासमेत फहराएकी छिन्। शृङ्खलाले उक्त सफलता आफ्नो इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै खुशी समेत व्यक्त गरेकी छिन्।

शृङ्खलाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबै माझ आह्वान समेत गरेकी छिन्। झण्डै डेढ महिनाको युरोप भ्रमणमा रहेकी शृङ्खलाले सफलतापूर्वक उक्त हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराएकी थिइन्। सफलतापूर्वक हिमाल चढेको भन्दै नेपाल स्थीत फ्रान्सेली दूतावासले बधाई समेत दिएको छ।