देश

निर्मलाको न्यायको माग गर्दै नेविसंघद्वारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, साउन १०-बालात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेको छ। घटना घटेको एक वर्ष बितिसक्दा पनि सरकारले अहिले सम्म कोही पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल विद्यार्थी संघले उक्त प्रदर्शन गरेको हो।

नेपाल विद्यार्थी संघले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध चर्को नाराबाजी गरेका थिए। यस्तै नेविसंघका पुर्व केन्द्रिय सदस्य रघु कार्कीले बलात्कार जस्तो जघन्य अपराधको दोषीलाइ समाउन नसकेको भन्दै गृहमन्त्रीले राजिनामा दिनु पर्ने समेत बताए।