देश

पृथ्वी राजमार्गमा बस र ट्रक एक आपसमा ठोकिंदा १७ जना घाइते

चितवन, साउन १०-पृथ्वी राजमार्गमा बस र ट्रक एक आपसमा ठोकिंदा १७ जना घाइते भएको छ। चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा १७ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा ३२ जना सवार रहेका थिए। घाइतेहरु सबैलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ। बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार रहेका छन।

दुर्घटनापछि राजमार्गमा एक तर्फी रुपमा बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ।