देश राजनीति

निर्वाचन आयोगद्वारा मंसिरमै चुनाव गराउने तयारी

काठमाडौं, साउन १०-निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्य्विधि बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘उपनिर्वाचन गराउन के के आवश्यक छ ? के कस्तो अवस्था छ भन्ने ब’झ्ने काम भइरहेको छ। ती कार्य सकिएपछि सरकारसंग परामर्श गर्नेछौं।’

स्मरणीय छ, निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ।

यस्तै आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको बताइएको छ। यो कार्य उपनिर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने आयोगले जनाएको छ। यो  समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

Featured