देश राजनीति

नेविसंघद्वारा काँकडभिट्टा नाकामा प्रदर्शन

काठमाडौं, साउन ९–भारतबाट आउने विषादीयुक्त तरकारी तथा फलफूलको चेकजाँच गरेर मात्र नेपाल भित्र्याउन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा इकाईका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वको टोलीले विहीबार काँकडभिट्टामा प्रदर्शन गरेको छ।

सर्वोच्च अदालको निर्णयलाई सरकारीले पटक–पटक बेवास्ता गरेको हुनाले काँकडभिट्टा नाका मै प्रदर्शन गर्नुपरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) झापा इकाई अध्यक्ष उप्रेतीको भनाइ थियो।