विदेश

बेलायतका नयाँ प्रधानमन्त्रीको क्रुर कदम

बेलायत, द गार्जियन, साउन ९-बोरिस जानसोनले थेरेसा मेको कार्यकालका आधाभन्दा बढी मन्त्री हटाएर आफ्नो मन्त्रिमण्डल बनाउने संकेत गरेका छन्।

युरोपेली संघबाट बाहिरिने विषयसँग जुध्ने प्रतिबद्धता गरेका उनले स्वतन्त्र व्यापारका दक्षिणपन्थी पक्षधर र ब्रक्जिटका समर्थकसहितको मन्त्रिमण्डल बनाउन लागेको अनुमान गरिएको छ।

नयाँ प्रधानमन्त्रीले लगातार आफू एक देशको पक्षधर कन्जरभेटिभ भएको आफ्ना धारणा दिइरहेका छन्। उनले सन् २०११ मा मृत्युदण्डको वकालत गर्ने प्रिती पटेललाई गृहसचिव तथा थ्याचरका समर्थक सजिद जाभिदलाई राज्यकोषको जिम्मेवारी सुम्पेका छन्।

त्यस्तै, आफूलाई महिलावादी भन्न नरुचाउने डोमिनिक राबलाई नयाँ विदेश सचिव बनेका छन्। मेलाई अपदस्त गरिनुपर्छ भन्ने आवाज उठाउने प्रो–ब्रेक्जिट युरोपियन रिसर्च ग्रुपका अध्यक्ष ज्याकोब रि मोग हाउस अफ कमन्सका नयाँ नेता बनेका छन्।

जोनसोनका प्रतिस्पर्धी नेता जेरेमी हन्टका समर्थकहरु सबैभन्दा बढी पीडित भएका छन्। जेरेमी हन्ट आफैलाई पनि विदेश सचिवबाट रक्षा सचिवमा घटुवा गर्ने भएपछि त्यसलाई अस्वीकार गर्दै कुनै पद नलिने भएका छन्।

डाउनिङ स्ट्रिट टिमको वरिष्ठ सल्लाहकारमा भोट लिभ क्याम्पियनका विवादस्पद निर्देशक डोमिनिक कुम्मिङको नाम घोषणा गरेपछि नै जोनसनका सहकर्मीहरु सशंकित बनेका थिए। कुम्मिङ अनुभवी अभियन्ता हुन्। उनको आगमनले केही महिनामा नै आम निर्वाचन हुनसक्ने संसद्माझ आशंका बढेको छ।

ब्याकिङहम प्यालेसमा महारानीले उनको नियुक्त पक्का गरिदिएपछि जोनसनले संदेह गर्नेहरुलाई जवाफ दिने प्रतिबद्धता जनाएका थिए उनले इयु२७ सँग नयाँ सम्झौतासँग गरेर हेलोविनको डेडलाइन अगाडि नै युरोपेली संघबाट बाहिरिने दोहोर्याएका थिए।

उनले भनेका छन्– अगामी अक्टोबर महिनाको अन्तिमसम्म युरोपेली संघबाट बिहिर आउने हामीले संसद्ससँग बारम्बार गरेका प्रतिवद्धता पूरा गर्नेछौं।

‘९९ दिनको समयमा त्यो काम गर्न सक्छांै भन्ने मलाई विश्वास छ। तर, हामीले ९९ दिन पर्खनु हुँदैन किनकी बेलायती जनताले धेरै पर्खी सके। अब काम गर्ने बेला आएको छ, निर्णय गर्ने बेला आएको छ, देशलाई अझै राम्रो बनाउन नेतृत्व दिनुपर्छ,’ उनले भनेका छन्।

जोनसनले एक देशको पद्धती अपनाउने नीति बनाएका छन्। उनले २० हजार प्रहरी अधिकृत नियुक्त गर्ने र जनताले पाउने सेवाको ढिलाईमा सुधार ल्याउने र अस्पताललाई सुधारलगातका प्रतिवद्धता पनि जाहेर गरेका छन्।

-एजेन्सी

 

 

 

 

 

 

Featured