देश

उद्योग वाणिज्य संघ चितवनद्वारा क्रिकेट रंगशाला निर्माणका लागि ५५ लाख सहयोग

चितवन,साउन ०९- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उद्योग वाणिज्य संघ चितवनले आर्थिक सहयोग गरेको छ ।आज एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ चितवनले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई ५५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक सहयोग हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई सो चेक प्रदान गरे ।

यसैबीच चितवन क्रिकेट संघले यसअघि घोषणा गरिए अनुसार दुई लाख ५५ हजार ५५५ रुपैयाँ पनि आजै फाउण्डेशनलाई प्रदान गरेको छ । संघका अध्यक्ष कैलाश प्रधानले फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई चेक हस्तान्तरण गरे ।