विदेश सूचना/ प्रबिधि

अमेरिकाद्वारा सामाजिक सन्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना

काठमाडौं, साउन ९-अमेरिकाले चर्चित सामाजिक सन्जाल फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको ठहर गर्दै ५ अर्ब डलर जरिवाना लिने निर्णय गरेको छ। यो निर्णय कुनै पनि सामाजिक सन्जालमाथि अहिलेसम्मकै ठुलो र धेरै जरिवाना हो।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ। एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन्।

Featured