देश सूचना/ प्रबिधि

सामाजिक सञ्जालमा विज्ञापन गर्दा अब नेपालबाटै पैसा तिर्न सकिने व्यवस्था

काठमाडौं, साउन ९-नेपाल राष्ट्र बैंकले अब देखि नेपालबाट अनलाइन तथा सामाजिक सञ्जालमा कुनै पनि विज्ञापन गर्दा पैसा तिर्न सक्ने कानुनी व्यवस्था गरिदिने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट यसका लागि कानुनी व्यवस्था गरिने भएको हो।

सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गरिने नीति सार्वजनिक गर्ने गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए।

मौद्रिक नीति मार्फत् घोषणा भएको यो नियम यही वर्षभित्रै कार्यान्वयनमा आउने बताइएको छ।

Featured