खेलकुद

बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्न माग

साउन ०९, एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न माग गर्दै निवेदन दिएको बताएका छन् ।खेलाडी रिलिज क्लजको बिषयमा भएको विवादका कारण एट्लेटिकाले ग्रिजम्यानको दर्ता रोक्न आग्रह गरेको हो ।

बार्सिलोनाले गत हप्ता विश्वकप विजेता खेलाडीलाई अनुबन्धन गरेको बताएको थियो । उसले २८ बर्षिया खेलाडीलाई १ सय ८ मिलियनको रिलिज क्लाज अनुसार अनुबन्धन गरेको थियो ।

तर एट्लेटिकोले सो रकम पर्याप्त नभएको बताएको छ । उसले ग्रिजम्यानलाई जुलाई १ अघिनै क्याप नाउमा स्थानान्तरको लागि सहमती ब्यक्त गरिएको दाबी गरको छ । जसले गर्दा एट्लेटिकोले १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाउन परेका थियो ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसंग पराजित हुन पुगेको थियो ।

Featured