विदेश

थाइल्याण्डको सैन्य शिविरमा संदिग्ध मुसलमान आतङ्ककारी समूहको आक्रमण, ४ जनाको मृत्यु

काठमाडौं, एजेन्सी, साउन ८- थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा सैन्य शिविरमा  संदिग्ध मुसलमान आतङ्ककारी समूहको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ। सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन्।

मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ।

आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

 

Featured