विदेश

निसानले १० हजार कामदार हटाउने

टोकियो, एजेन्सी, साउन ८-जापानी कार निर्माता कम्पनी निसानले विश्वभर १० हजारभन्दा भन्दा बढी कामदार हटाउने योजना सार्वजनिक लाई अघि सरेको छ। निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन्।

कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ। निसानका एक प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।

जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको एक समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ। यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ।

निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ। खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन्।

Featured